CLI

नेपालको पहिलो इलेक्ट्रिक ह्वील लोडर सार्वजनिक

काठमाडौं । पञ्चकन्या ग्रुपको एक्सप्लोर अर्थ मुभर्स प्रालिले विभिन्न मेसिनहरु बजारमा विगत लामो समयदेखि बिक्री गर्दै आईरहेकोमा SDLG L936HEV मोडल अन्तर्गतको नयाँ मेसिन सार्वजनिक गरेको छ । यो मेसिनले वातावरणमा न्यून हानी पुर्याई नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई गरेको प्राथमीकतालाई बल पुग्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार नेपालमा पहिलो पटक सार्वजनिक गरिएको यो इलेक्ट्रिक ह्वील लोडर वातावरणमैत्री, कम ऊर्जा खपत गर्ने प्रविधिको उत्कृष्ट उदाहरण हो ।

यसमा प्रयोग गरिएको आधुनिक ब्याट्री प्रविधि र स्मार्ट ऊर्जा व्यवस्थापन प्रणालीका कारण लोडरले लामो समयमा न्यून मर्मत लागत र न्यून आवाजमा काम गर्ने बताइएको छ । यो सहरभित्रका निर्माण कार्यहरू, औद्योगिक स्थलहरू र पर्यावरणीय संवेदनशील क्षेत्रमा प्रयोगका लागि उपयुक्त यो लोडर अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रविधि सहित, वातावरणमैत्री रहेको छ । यो लोडर अहिले एक्सप्लोर अर्थ मुभर्स प्रालि बल्खु, काठमाडौंमा प्रदर्शनको लागि उपलब्ध छ ।

मुख्य विशेषताहरू:

ब्याट्री शक्ति: १८०.५ kWh (५२१ V) CATL लिथियम आयरन फस्फेट (LiFePO₄) ब्याट्री
मोटर शक्ति: ६० kW नियमित / ९० KW अधिकतम
बकेट क्षमता: १.५ – ३.० m³ (स्ट्यान्डर्ड २.१ m³ GP बकेट)

Leave Your Comment

Related News