RE
Global College

करिब १ अकंले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहेबार नेप्से परिसूचक ०.९३ अकंले घटेको छ । बजार २५६०.१५ मा  पुगेर बन्द भएको छ । यस दिन ३२८ वटा कम्पनी ६६ हजार ७९ पटकको कारोबार हुँदा १ करोड ४ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार रकम भने ४ अर्ब ६८ करोड ८८ हजार रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा  कारोबार रकम ९१ करोड २ लाखले बदेको छ । बुधबार कारोबार रकम ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ थियो ।

यस दिन ७ वटा उपसमूह घटेका छन् र ५ वटा बढेका छन् । बैंकिङ ०.३४ प्रतिशत, विकास बैंक ०.०८, वित्त ०.७१,लगानी ०.५२, जीवन बीमा ०.६, म्युअुचल फण्ड ०.४१, निर्जीवन बीमा ०.३३ घटेका छन् । होटल्स तथा पर्यटन समूह १.१६, जलविद्युत ०.०९, उत्पादन र प्रशोधन ०.३२, लघुवित्त ०.२७, अन्य समूह ०.३० र व्यापार समूह ०.१७ प्रतिशतले बढेका छन् ।

त्यसैगरी, यसदिन धौलागिरी लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी, सागर डिस्टिलरी १० प्रतिशतले बढोको छ । सिन्धु विकास बैंक ९.६० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा पहेलो  स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

NECO

Leave Your Comment

Related News