RE
Global College

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले ७ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन पेस गरेअनुसार बैंकले शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको हो । सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

बैंकले तोकेको उक्त अवधिभित्र बैंकका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर अन्य सर्वसाधारणलाई बिक्री गरिने जनाइएको छ ।

NECO

Leave Your Comment

Related News