RE
Global College

नयाँ वर्षको अवसरमा टाटाको ‘बिग स्विच’अफर

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष ‘न्यू इयर बिग स्विच’अभियान सार्वजनिक गरेको छ। 

जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार दिने विशेष अभियानमार्फत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।

यस ‘बिग स्विच’ अभियानको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडीको ‘उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन‘ उपलब्ध गराउँदै नयाँ सवारीको अनुभव दिलाउनु रहेको छ। योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहारहरू प्राप्त गर्नेछन् भने  आकरशक  नगद छुटको सुविधा समेत उपलब्ध गराइएको छ। 

विशेष गरी विद्युतीय सवारी साधन (ईभी) प्रति रुचि राख्ने ग्राहकहरूका लागि कम्पनीले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्रदान गरेको छ।

यसका साथै नयाँ गाडी खरिद गर्दा ग्राहकले एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज जस्ता सुविधाहरू समेत पाउनेछन्।

NECO

Leave Your Comment

Related News