RE
Global College

इमर्जिङ्ग नेपालको नगद लाभांश सेयरधनीकाे खातामा

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको गत पुस २८ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीमा वितरण गरिएको छ।

उक्त सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर सहित) पुस १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूमा वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। यही लाभांश कम्पनीले माघ १३ गतेदेखि शेयरधनीको डिम्याट खातामा उल्लिखित बैंकमा पठाएको हो।

पुस १६ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीले ऋण लिएको संस्थाबाट एनओसी पत्र पेश गरेपछि मात्रै नगद लाभांश फुकुवा गरिने कम्पनीले जनाएको छ। कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

NECO

Leave Your Comment

Related News