CLI

म्यचुअल फन्डहरुको सेयर बजारमा ५५ अर्ब भन्दा धेरैको लगानी, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका ५४ म्युचुअल फन्डहरुले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार फन्डहरुले सेयर बजारमा ५५ अर्ब २९ करोड ९६ लाख ५५ हजार रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो महिना अर्थात, मंसिरको भन्दा ५.८४ प्रतिशत धेरै हो । मंसिरमा फन्डहरुले ५२ अर्ब ४२ करोड ८८ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका थिए ।

रिपोर्ट अनुसार एनआइबीएल सहभागित फन्डको सेयर बजारमा सबैभन्दा धेरै लगानी रहेको छ । यसले पुससम्म स्टक मार्केटमा ७ अर्ब ३० करोड लगानी गरेको छ ।

त्यस्तै, दोस्रोमा एनएमबि सरल बचत फन्ड-इ ले ३ अर्ब ६५ करोड ५१ लाख, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमकले १ अर्ब ९८ करोड, एचएलआई लार्ज क्यापले १ अर्ब ७५ करोड, नबिल फ्लेक्स क्याप फन्डको १ अर्ब ५२ करोड, सिद्धार्थ इक्विटी फन्डले भने १ अर्ब २२ करोड रुपैयाँ लगानी गरेको छ । २० वटा भन्दा धेरै फन्डहरुले मार्केटमा १ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् ।

बैंकहरुको ब्याजदर घट्दै जाँदा मुद्‍दति निक्षेपमा आकर्षण कम हुँदै गएको छ । भने फन्डहरुले सेयर बजारमा लगानी बढाएका छन् । बैंकको ब्याजदर भन्दा सेयर बजारबाट बढी प्रतिफल आउने अपेक्षाले फन्डहरुले बैंकबाट पैसा निकालेर सेयर बजारतर्फ मोडिन थालेको देखिएको हो । कम ब्याजदर, सस्तो सेयर मूल्य र भविष्यमा राम्रो रिटर्नको सम्भावनाले बजारमा लगानी बढेको सेयर बजारका जानकारहरु बताउँछन् ।

Leave Your Comment

Related News