RE
Global College

महाशिवरात्रि तथा सेना दिवस–२०८२ मा प्रधानमन्त्री सुशीला कार्कीको सहभागिता

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्की आज नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस–२०८२ सम्बन्धी कार्यक्रममा सहभागी भएकी छिन्।काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा मार्च पास्ट, नेपाली सेनाका हातहतियार तथा उपकरणहरूको प्रदर्शन, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरू प्रस्तुत गरिएका थिए। साथै मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरूले पनि आ–आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए।

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिको अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणका क्रममा विसं १८१९ मा नेपाली सेनाको गठन गरिएको इतिहास छ। सोही वर्ष श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनीहरू स्थापना गरिएका थिए ।

NECO

Leave Your Comment

Related News