RE
Global College

टाटा कमर्शियलको होली सर्भिस क्याम्प सुरु

काठमाडौं । नेपालीहरूको महान पर्व होली नजिकिँदै गर्दा यातायातको साधन प्रयोग बढ्ने भएकाले टाटा कमर्शियलले आफ्नो ग्राहकका लागि होली सर्भिस क्याम्पको आयोजना गरेको छ। फागुन १० देखि १५ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरमा एकैसाथ संचालन हुनेछ। ग्राहकका गाडीहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ, टायर, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ र सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याबिन सेफ्टी, च्यासिस र अन्डरबडी चेक, इमरजेन्सी र सेफ्टी गरी १० बुँदे चेकअप सुविधा प्रदान गरिनेछ।

यदि गाडीमा मर्मत वा संभार आवश्यक परेमा टाटा जेन्यूइन पार्ट्समा १५–२० प्रतिशत छुट, ल्युब्रिकेन्टमा २२ प्रतिशत छुट र लेबर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। सर्भिस प्याकेजमा दर्ता गरेमा यो सुविधा एक वर्षसम्म पाउने सुविधा रहेको छ।

साथै, प्री-सर्भिस बुकिङ गरी वर्कशप आउने तीन भाग्यशाली ग्राहकलाई स्मार्टफोन जित्ने अवसर पनि दिइने छ। कम्पनीले २००० भन्दा बढी गाडीको चेकअप गर्ने लक्ष्य लिएको छ।

NECO

Leave Your Comment

Related News