RE
Global College

उम्मेदवारका परिवारको बैंक खातामा पनि निर्वाचन आयोगको निगरानी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवारका परिवारको बैंक खातामा पनि निगरानी सुरु गरेको छ।

निर्वाचन खर्च बैंकिङ प्रणालीमार्फत मात्र गर्न राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक निर्देशन दिइएको थियो। तर, धेरै उम्मेदवारले बैंक बाहिर खर्च गरेकाले आयोगले अब परिवारको खातासम्म निगरानी बढाएको हो।

केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक आयुक्त सगुन शमशेर जबराले भने, “यदि उम्मेदवारले पुरानो खाता प्रयोग गरेर खर्च गरेका छन् भने उम्मेदवार र परिवारको बैंक खाताको कारोबारको निगरानी गरिरहेका छौँ। आयोगले आवश्यक परे कानुनअनुसार कारबाही गर्नेछ।”

उम्मेदवारको चुनावी खर्च अनुगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत भइरहेको छ। जबराले जानकारी दिए, “सहायक प्रमुख जिल्ला अधिकारीले निर्वाचन सामग्रीमा भएको खर्च अनुगमन गर्नुहुन्छ भने कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतले सम्बन्धित उम्मेदवारको वित्तीय अवस्थाको अनुगमन गर्नुहुन्छ।”

आयुक्त जबराले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबै पक्षलाई आग्रह समेत गरेका छन्।

NECO

Leave Your Comment

Related News