CLI
Global College

५.८२ अंकले बढ्यो नेप्से,घट्यो कारोबार रकम

काठमाडौं । बिहिबार नेप्से परिसूचक ५.८२ अंकले बढेको छ । बजार २७८२.१८ विन्दुमा पुगेर बन्दा भएको छ । ३२८ वटा कम्पनीको १ लाख ३ हजार २२५ पटक्को कारोबारमा २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम ८ अर्ब ८१ करोड ७२ लाख रुयपैयाँ पुगेको छ । बुधबारको तुलनामा ३ अर्ब २९ करोड १८ लाख रुपैयाँले कम हो । बुधबार कारोबार रकम १२ अर्ब १० करोड ९० लाख रुपैयाँ थियो ।

यस दिन, सेन्सेटिभ इण्डेक्स ०.३९ अकं घटेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंकले बढेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.०४ अंक घटेको छ ।

यस दिन ६ वटा उप समूह ७ वटा घटेका छन् । विकास बैंक १.६४ प्रतिशतले, होटल्स तथा पर्यटन समूह ०.३९, जलविद्युत ०.०५, लगानी ०.१५, उत्पादन र प्रशोधन १.७६, म्युअुचल फण्ड ०.१२ र व्यापार समूह २.५३ प्रतिशतले बढेका छन्।  बैंकिङ ०.११प्रतिशत,वित्त ०.८७ जीवन बीमा ०.१९, लघुवित्त ०.२९, निर्जीवन बीमा ०.३३, अन्य समूह ०.०२ प्रतिशत घटेको छन्।

यस दिन, रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी, रिज लाइन,  भुजुङ हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ७० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, यस दिन ङादी ग्रुप पावरको  ३० करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २ करोड ९६ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News