काठमाडौं । मंगलबार नेपला सट्क एकसेञ्ज (नेप्स) १८.१० अंकले घटेको छ । बजार २८०७.१२ विन्दुमा पुगेरा बन्दा भएको छ । ३४७ वटा कम्पनीको ९५ हजार ८०० पटकको कारोबारमा १ करोड ३० लाख १९ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ पिगेको छ । सोमबारको तुलनामा कारोबार रकम ३४ करोड रुपैयाँले बढेको छ ।सोमबार कारोबार रकम ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स ३.०७ अकं घटेको छ भने फ्लोट इण्डेक्स १.११ अंकले घटेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.०१ अंक घटेको छ ।
यस दिन १२ वटा उप समूह घटेका छन् भने १ वटा बढेको छ । बैंकिङ ०.४५ प्रतिशतले,विकास बैंक ०.००, वित्त १.०९, जलविद्युत १.२३, लगानी ०.६०, जीवन बीमा ०.२३, उत्पादन र प्रशोधन ०.५३, लघुवित्त ०.४९, म्युअुचल फण्ड ०.४५ निर्जीवन बीमा ०.८६, अन्य समूह १.२७ र व्यापार समूह ०.९६ प्रतिशतले घटेका छन्। होटल्स तथा पर्यटन समूह १.१६ प्रतिशतले बढेको छ ।
यस दिन ३ स्टकको सेयर १५ प्रतिशतले बढेको छ । यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको सेयर १५ प्रतिशतले बढेको हो।
त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १४.९९ प्रतिशत बढेको छ । एशियन हाइड्रोपावरको सेयरमूल्य करिब १०.३८ प्रतिशत र होटल फरेष्ट इनको शेयरमूल्य करिब ९.८८ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ३७ करोड ७ लाख ३५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ३० करोड १० लाख रुपैयाँ नाघेको छ भने नेशनल हाइड्रोपावरको करिब साढे २३ करोड ४१ रुपैयाँको सेयर किनबेच भएको छ।


