काठमाडौं । प्रारम्भिक जाँचबुझका क्रममा दिपक भट्ट जस्तै अन्य केही व्यक्तिहरूले पनि धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.मार्फत धितोपत्र खरिद वापतको रकम नतिरी उधारोमा कारोबार गरेको देखिएको छ।
यसरी उधारोमा कारोबार गर्ने व्यक्तिहरूमा शुभी अग्रवाल, राज बहादुर शाह र ऋषिराज मोर रहेका छन्। बोर्डको प्रारम्भिक विवरण अनुसार यस्ता व्यक्तिहरूको कारोबार शंकास्पद देखिएको र यस विषयमा थप विश्लेषण गरिएको उल्लेख छ।
बोर्डको विवरण अनुसार यी व्यक्तिहरूलाई अग्रिम रकम नराखीकन कारोबार सीमा प्रदान गरिएको र सोही आधारमा ठूलो परिमाणमा शेयर कारोबार भएको देखिन्छ। कतिपय अवस्थामा कारोबार भए पनि रकम पूर्ण रूपमा भुक्तानी नभएको र दलाल कम्पनीप्रति ठूलो बक्यौता देखिएको छ।
शुभी अग्रवाल र सम्बन्धित कारोबार
शुभी अग्रवालले भृकुटी स्टक ब्रोकिङ्गमार्फत कारोबार गर्दा कुनै अग्रिम रकम नतिरेको र उनको खातामा धितोपत्र जम्मा गरिएको पाइएको छ। उनीसँग सम्बन्धित विभिन्न कम्पनी र व्यक्तिहरूबीच नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (NRIC), एनएलजी इन्स्योरेन्स (NLG) र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (GMLI) का शेयरहरूमा ठूलो कारोबार भएको देखिन्छ।
तालिका अनुसार शुभी अग्रवालले हिमालयन क्यापसर्भ लि., हिमालय इन्भेष्टमेन्ट बैंकर लि. र हिमालयन रिइन्स्योरेन्स लि.सँग करोडौँ रुपैयाँ बराबरको शेयर कारोबार गरेको विवरण भेटिएको छ। साथै यी सबै कारोबारहरू भृकुटी स्टक ब्रोकिङ्गमार्फत भएको उल्लेख गरिएको छ।

ऋषि राज मोरको कारोबार
बोर्डले सार्वजनिक गरेको विवरण अनुसार “ऋषिराज मोरको मिति २०८०।१०।०३ देखि हालसम्मको धितोपत्र दलाल व्यवसायी भूकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.मा रहेको कारोवार खाताको विश्लेषण गर्दा निजले उक्त अविधमा अग्रिम रकम
नराखेतापिन कारोवार गर्न सीमा प्रदान गरिएको तथा निजले धितोपत्र खरिद वापतको रकम जम्मा नगरेतापनि निजको खातामा धितोपत्र जम्मा गरिदिएको देखिन्छ । यस अवधितमा निजले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.लाई तिर्न बाकी रकम मिति २०८२।०१।३० मा रु १.३२,२८,०७,६३३.९३ सम्म पुगेको र मिति २०८२।०६।२७ देखि रु २३,०१,३१,९०२.७०
रकम तिर्न वाकी देखिएको छ । निजले यस अविधमा हिमालयन रिइन्स्योरेन्स लि. (HRL), नेपाल रिइन्स्योरेन्स कम्पनी लि. (NRIC), एनएलजी इन्स्योरेन्स कम्पनी लि. (NLG) र गार्डियन माइक्रो इन्स्योरेन्स लि. (GMLI) को शेयर खरिद गरेको देखिन्छ । ऋषि राज मोरले मिति २०८१ । १०।०३ (ता. १७।०१।२०२४) देखि २०८२।०६।२७ (ता. १३।१०।२०२५) सम्म उक्त कम्पनीहरुको खरिद विक्रीको विवरण तालिका २० मा प्रस्तुत गरिएको छ ।”

राज बहादुर शाहको कारोबार
राज बहादुर शाहले नेपाल रिइन्स्योरेन्स कम्पनीको करोडौँ रुपैयाँ बराबरको शेयर खरिद गरे पनि त्यसको ठूलो हिस्सा भुक्तानी नगरेको देखिएको छ। उनको कुल बक्यौता करोडौँ रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।
बोर्डले सार्वजनिक गरेको विवरणमा “राज बहादुर शाहको २०८२।०३।२३ देखि हालसम्मको धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.मा रहेको कारोवार खाताको विश्लेषण गर्दा निजले उक्त अविध (मिति २०८२।०३।२३ देखि मिति २०८२।०४।०४ सम्म) मा नेपाल रिइन्स्योरेन्स कम्पनी लि.को १०,५१.२०४ कित्ता शेयर विभिन्न मूल्यमा रु १,४१,८०,७२,९३७.९५ को खरिद गरेको र उक्त रकममध्ये केवल रु ५२,५०,००,०००,०० मात्र भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.लाई भुक्तानी गरेको देखिन्छ । निजको मिति २०८२।०४।२१ देखि भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.लाई तिर्न बाकी रकम रु ८९,७०,९७,३४६.७१ रहेको छ । यसबाट निजले धितोपत्र खरिद वापत तिर्नुपर्ने रकम जम्मा नगरेको, निजले अग्रिम रकम नराखेतापिन कारोवार गर्न सीमा प्रदान गरिएको तथा निजले धितोपत्र खरिद वापतको रकम जम्मा नगरेतापनि निजको खातामा धितोपत्र जम्मा गरिदिएको देखिन्छ । यसबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लि.को शेयर खरिद भएको देखिन्छ ” भनिएको छ ।


