CLI

बुक बिल्डिङ्ग विधिबाट आईपीओ जारी गर्न सम्झौता गरेका कम्पनीहरुको अद्यावधिक सूची सार्वजनिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुक बिल्डिङ्ग विधिबाट शेयर निष्काशन गर्न सम्झौता गरेका कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ अनुसार योग्य संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गर्न विभिन्न कम्पनीहरूसँग सम्झौता गरिएको नेप्सेले जनाएको छ।

सार्वजनिक सूचीअनुसार यति ब्रुअरी लिमिटेड, नर्मिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड, पूर्वाञ्चल ल्युव आयल लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले बुक बिल्डिङ्गमार्फत शेयर निष्काशनको तयारी गरेका छन्।

यी कम्पनीहरूले संस्थागत लगानीकर्ताका लागि निश्चित कित्ता शेयर छुट्याएका छन्, जसमा केही कम्पनीहरूले लाखौँ कित्तासम्म शेयर प्रस्ताव गर्ने भएका छन्।

Leave Your Comment

Related News