काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०१ अंकले घटेको छ । बजार २७८७.१५ विन्दुमा पुगेर बन्द भएको छ । ३४८ वटा कम्पनीको ९३ हजार ९०७ पटकको कारोबारमा १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भन ५ अर्ब ९ करोड ५९ लाख पुगेको छ । जुन बुधबारको तुलनामा करिब २ अर्बले कम हो । बुधबार ७ अर्ब ८१ करोड ३९ लाख कारोबार रकम रहेको थियो ।
सेन्सेटिभ इण्डेक्स २.९४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३४ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.१६ अंकले घटेको छ ।
यस दिन १० वटा उप समूह घटेका छन् भने ३ वटा बढेका छन् । विकास बैंक ११.२०, विकास बैंक ५.०७, वित्त २५.७२, होटल्स तथा पर्यटन समूह ११७.७१, जलविद्युत ४२.४५, जीवन बीमा ५४.५३, लघुवित्त १३१.४० र अन्य समूह १७.६३ अंकले घटेका छन् ।
उत्पादन र प्रशोधन ६९.६२, म्युअचल फण्ड ०.०१ र व्यापार १६.६३ अंकले बढेका छन् ।
यस दिन २ स्टकको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, कर्पोरेट डेभ्लपमेन्ट बैंकको ९.२४, मुक्तिनाथ म्युअचल फण्डको ५.२४ र नारायणी डेभ्लपमेन्ट बैंकको ५ प्रतिशतले शेयर मूल्य बढेको छ भने सुकन्दा हाइड्राको ११.७९ र कामना सेवा विकास बैंक् डिबेन्चर २०८७ को ८.४० प्रतिशतले शेयर मुल्य घटेको हो ।


