काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवम् सरकारी जग्गा खाली गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ । सोही क्रममा त्यस बस्तीमा रहेका घरपालुवा जनावारहरुलाई पनि खाना खुवाउने काम जारी रहेको छ । जनावरहरूलाई स्नेहा केयर, क्याट लगायतका सस्थाहरुले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्न थालेका छन् । साथै, घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत गरिरहेको छ।



