काठमाडौं । मंगलबार नेपाल सट्क एकसेञ्ज (नेपसे) २६.१६ अंखले घटेको छ । बजार २७७०.२६ विन्दुमा पुगेरा बन्दा भएको छ । ३४९ वटा कम्पनीको १ लआख ५१ हजार २८६ पटक्को कारोबारमा १ करोड ४० लाख १३ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ६ अर्ब ५२ लाख ८० हजार रुपेयाँ पुगेको छ ।
सोमबारको तुलनामा कारोबार रकम १ अर्ब ७९ करोड ४४ लाख रुपैयाँले बढी हो ।सोमबार कारोबार रकम ४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स २.१४ अकं घटेको छ भने फ्लोट इण्डेक्स १.५३ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.८३ अंक घटेको छ ।
यस दिन १२ वटा उप समूह घटेका छन् भने १ उप समूह बढेका छन् । बैंकिङ ०.८४ प्रतिशतले,विकास बैंक १.२२, वित्त ०.६१, होटल्स तथा पर्यटन समूह २.५६, जलविद्युत १.७४, लगानी ०.४७, जीवन बीमा ०.१६, उत्पादन र प्रशोधन २.४६, लघुवित्त ०.४४, म्युअुचल फण्ड ०.३१ निर्जीवन बीमा ०.३९ र व्यापार समूह २.३३ प्रतिशतले घटेका छन् ।
अन्य समूह ०.७३ प्रतिशतले बढेको छ।
कारोबारको आधारमा आज पाल्पा सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँको कारोबार भयो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स ३४ करोड ६८ लाख रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंक ३० करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।


