काठमाडौं । मंगलबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीज्यूको अध्यक्षतामा मंगलबार दिउसो ठिक ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा सरकारले ल्याएका अध्यादेश र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


