CLI

सहकारी पीडितको बचत फिर्ता जेठको पहिलो साता देखि गरिने, ४६ अर्बको दायित्व

काठमाडौं । सरकारले जेठको पहिलो साता देखि पुनः सहकारी पीडितहरुको बचत फिर्ता गर्ने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगर काठमाडौँले मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने बताएको हो ।

कार्यालयले मंगलबार आफुले गर्ने कामहरुको ९ वटा सूची सार्वजनिक गर्दै सो कुरा बताएको हो ।

१. बचत फिर्ता कार्य आरम्भ गर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरिने,
२. मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने,
३. मागदाबी छूट भएका बचतकर्ताहरुको पुनः मागदाबी गर्ने समय आगामी श्रावणको पहिलो हप्तामा खुला गरिने,
४. बचत मिलानको लागि वैज्ञानिक र न्यायपूर्ण कार्यविधि निर्माण गर्ने,
५. नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रुपमा मात्र खर्च गरिने,
६. कर्जा असुलिकालागि समितिले कानून बमोजिमको कठोर नीति अबलम्बन गर्ने,
७. किस्ताबन्दीका साथ कर्जा भुक्तानी गर्न लिखित प्रतिबद्दता व्यक्त गर्दै निश्चित कर्जा रकम दाखिला गर्ने ऋणीहरुलाई यथोचित समय उपलब्ध गराउने,
८. कर्जा असुलीका लागि दबाबमूलक कार्यहरुमध्ये ऋणीहरुको तीनपुस्ते नामावली प्रकाशनको कार्य र परिवारका सदस्यहरु समेतको नाम कालो सूचिमा समावेश गरिने,
९. गुनासो व्यवस्थापन र सूचना सम्प्रेषणको कार्य नियमित रुपमा गरिने, समितको कार्यसम्पादनमा प्रभावकारिता ल्याउने सम्बन्धमा सुझाव र सहयोगका लागि सम्बन्धित विज्ञहरु सहित सचेत नागरिकहरुमा समिति हार्दिक अपिल गर्दछ

कार्यालयले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले वैशाख ९ गते देखि कार्य सुरु गरेको थियो । समस्याग्रस्त सहकारीहरूको करिव ७६००० बचतकर्ताहरुको करिब रु ४६ अर्ब बचत फिर्ता बाँकी रहेको छ । समस्याग्रस्त घोषित सहकारीहरूको विविध समस्याको पहिचान, समाधान र व्यवस्थापनका लागि समिति प्रतिबद्ध रहेको जनाएको छ ।

कार्यालयका सदस्य सचिव रविन ढकाल यसबिचमा निरन्तर ऋण असुली र बचत मिलानको कार्य गरिनुका साथै आन्तरिक कार्यव्यवस्थामा पुनःसंरचना, विभिन्न सरोकारवालाहरुसँग छलफल, कार्ययोजना निर्माण कार्यमा समिति निरन्तर क्रियाशील छ । समितिको कार्यसम्पादन योजना र कार्यशैलीप्रति बचतकर्ताहरुलाई जानकारी गराउन र कर्जा भुक्तानीतर्फ ऋणीहरुको ध्यानाकर्षण तथा खबरदारी गर्न समितिको कार्ययोजना निम्न बमोजिम रहने व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत सबैमा जानकारी गराइन्छ ।

 

Leave Your Comment

Related News