CLI
Global College

आइएमई लाइफले कमायो ३६ करोड नाफा, जीवन बीमाकोष १७ अर्ब नजिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार भएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण अनुसार नाफामा केही सुधार देखिएको हो ।

गत आवको चैत मसान्तसम्म ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा सामान्य वृद्धि सहित ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ६० करोड ३५ लाख रुपैयाँबाट ३९.१८ प्रतिशतले बढेर ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ नाघेको छ भने जीवन बीमाकोष ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँबाट ४२ प्रतिशतले वृद्धि भई १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ नाघेको छ ।

यता कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँबाट करीब २८ प्रतिशतले बढेर ६ अर्ब १७ करोड ८५ लाख रुपैयाँ पुग्दा कुल खर्च ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँबाट ३० प्रतिशतले बढेर ५ अर्ब ८१ करोड ६ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीले आफ्ना अभिकर्ताहरूलाई ४३ करोड ६४ लाख रुपैयाँ कमिशन खुवाएको छ जुन अघिल्लो आवको चैत मसान्तसम्मको तुलनामा झण्डै ३० प्रतिशत बढी हो। प्रतिसेयर आम्दानी ४ पैसाले बढेर ९.८१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३१.४९ रुपैयाँ रहेको छ। सोल्भेन्सी अनुपात २.५९ प्रतिशत छ ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २९ करोड ९५ लाख रुपैयाँ, जगेडा कोषमा ५२ करोड ८ लाख रुपैयाँ र शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्म आइपुग्दा २० अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको कम्पनीको सम्पत्तिको कुल मूल्य २४ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ ।

Leave Your Comment

Related News