CLI

सात अंकले बढ्यो शेयर बजार, ३ अर्बको कारोबार

काठमाडौं । बिहीबार शेयर एकल अंकले बढेको छ । बिहीबार ६.९४ अंकले बढेर नेप्से परिसूचक २७१८.१६ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले बढेर ४६४.०८ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.३० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१४ अंकले बढेको हो ।
बिहीबार ३३४ वटा कम्पनीको ४५ हजार ६५ पटक धितोपत्र कारोबार हुँदा ६६ लाख ८४ हजार ७ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम २ अर्ब ९३ करोड १९ लाख पुगेको छ । जुन बुधबारको तुलनामा करिब २६ करोडले कम हो । बुधबार कारोबार रकम भने ३ अर्ब १९ करोड ७७ लाख पुगेको थियो ।

बुधबार १५५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउनेमा स्वलाम्बन लघुवित्त, सिर्जनशील लघुवित्त र पियोर इनर्जी बन्दा सर्वाधिक गुमाउनेमा फर्वाड माइक्रोफाइनान्स लघुवित्त संस्था, अप्पर लोहोर खोला हाइड्रोपावर बन्यो ।

Leave Your Comment

Related News