काठमाडौं ।सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्ले न्यायधीश मनोज कुमार शर्मालाई सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शर्माको अध्यक्क्षतामा आज बसेको संवैधानिक परिषद्को बैठकले उनलाई प्रधानन्यायधीशको लागि सिफारिस गरको हो।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी सहभागी थिए ।
उनी नेपालको ३०औं प्रधानन्यधीश बन्नेछन् । संवैधानिनि परिषद्को सिफारिस पश्चात संसदीय सुनुवाई समितिले पारित गरेपश्चात प्रधानन्याधीशको लागि योग्य बन्नेछन् ।
उनी नियुक्त भएमा उनको कार्याकल ६ बर्षको रहनेछ । यस अघिका प्रधानन्यायधीश गत चैत ३६ गते उमेर हदको कारण अनुबार्य अवकाशमा गएपश्चात सर्बोच्च अदालतको प्रधानन्यायधीश पद खालि रहेको थियो ।
सर्बोच्च अदालतको प्रधानन्यायधीसको लागि सपना मल्ल प्रधान, कुमार रेग्मी, हरी प्रसाद फुयाल, मनोजकुमार शर्मा,नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठलाई न्यायधीशको लागि न्यायपरिषद्ले सिफारिस गरेको थियो ।
प्रधानन्याधीशमा नियुक्त शर्मा चौथो मर्यादाक्रममा रहेका थिए ।


