CLI

३८.१९ अंकले बढ्यो नेप्से,कारोबार रकम पनि वृद्धि

काठमाडौं । सोमबार नेपाल सट्क एकसेञ्ज (नेप्से) ३८.१९ अंकले बढेको छ । बजार २७८३.८५ विन्दुमा पुगेरा बन्दा भएको छ । ३३२ वटा कम्पनीको ६८ हाजर ४४४ पटक्को कारोबार  १ करोड ४ लाख ३९ हजार कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ४ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।यो रकम शुक्रबारको तुलनामा बढी हो । शुक्रबार कारोबार रकम ३ अर्ब २८ करोड रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ६.०८ अकं, फ्लोट इण्डेक्स २.६७ र सेन्सेटिभ फ्लोट डण्डेक्स २.०९ अंकले बढेको छ  ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ १.०२ प्रतिशतले,विकास बैंक १.३६, वित्त १.८१, होटल्स तथा पर्यटन समूह ०.६९, जलविद्युत १.७९, लगानी ०.९९, जीवन बीमा १.३०, उत्पादन र प्रशोधन १.३०, लघुवित्त १.७०, म्युअुचल फण्ड ०.०६ निर्जीवन बीमा १.६०, अन्य समूह २.११ र व्यापार समूह १.१५ प्रतिशतले बढेका छन्।

यस दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १४.१९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन कुमारी धनवृद्धि योजनाको ११.३७ प्रतिशत बढेको छ भने दोल्ती पावरको सेयरमूल्य  ८.४३ प्रतिशत बढेको छ।

यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ९ लाख ९९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको  १७ करोड ६० लाख  रुपैयाँभन्दा बढीकाो सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News