काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रमेश आचार्य नियुक्त भएका छन् । वैशाख २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि आचार्यले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पूरा गर्दै आएका थिए । आगामी जेठ १ गतेदेखि लागू हुने गरी आचार्यलाई सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो ।
कम्पनीका अनुसार उनको कार्यकाल आगामी चार वर्षसम्म रहनेछ ।


