CLI

सयपत्री हाइड्रोपावरले गर्यो लेखापरिक्षण समितिको पुनर्गठनको निर्णय

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले लेखापरिक्षण समितिको पुनर्गठन, कर्मचारी सरुवा र परिपालना अधिकृतको जिम्मेवारी तय गर्ने निर्णय गरेको छ ।

लेखापरिक्षण संयोजनक सञ्चालक दिल बहादुर थापा, सदस्यमा सञ्चालक विराज सुवेदी र सदस्य सचिवमा आन्तरिक लेखापरीक्षक बलराम थारु चयन गरिएको छ ।

यस कम्पनीको लेखा विभागमा कार्यरत कृष्ण चालिसेलाई प्रशासन विभागमा र प्रशासन विभागमा कार्यरत पूर्ण माया मानन्धरलाई लेखा विभागमा सरुवा गरिएको ।
यस कम्पनीका कम्पनी सचिव रमेश प्रशाद भण्डारीलाई कम्पनीको परिपालन (कम्प्लाइन्स) अधिकृत समेत जिम्मेवारी समेत प्रदान गरिएको ।

कम्पनीको सोमबार दिउसो ४: ०० बजे मा सम्पन्न सञ्चालक समितिको ९१ औं बैठकबाट लेखापरिक्षण समितिको पुनर्गठन, कर्मचारीको सरुवा र परिपालना अधिकृतको जिम्मेवारी सम्बन्धमा देहाय अनुसार हुने गरि निर्णय गरेको थियो । सोही निर्णय अनुरुप कम्पनीको लेखापरीक्षण समितिलाई पुनर्गठन गरिएको हो।

 

Leave Your Comment

Related News