CLI

सेयर बजार ‘म्यानिपुलेसन’ गरी १५/ १६ अर्ब जनताको पैसा अपचल गरे : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले विगतका वर्षहरुमा सेयर बजार म्यानिपुलेसन गरी १५ १६ अर्ब जनताको पैसा अपचल गरेको बताएका छन् । उनले विगतका वर्षहरुमा संस्था र व्यक्तिहरुले सेयर बजार म्याुपिुलेसन गरी जनताको पैसा अपचल गरेको बताए ।

मंगलबार बसेको अर्थ समितिको बैठकमा मन्त्री वाग्लले विगतमा गलत नेतृत्वकर्ता अर्थात् राजनीतिक नेताहरुका कारण सेयर बजार म्यानिपुलसेन हुन पुगेको बताए । ‘विगत केही वर्षमा यी संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्दछ । १५ अर्ब, १६ अर्बको जनताको पैसाको अपचलन गरेर, मार्केट म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ गरेर अकुत सम्पत्ति जम्मा गरेर, राजनीतिलाई प्रभावित गरेर, केही प्रभावशाली नेताहरूलाई त उनीहरूको गोजीमै राखेर देशका राजनीतिक संस्थाहरू त कब्जामा भए भए आर्थिक संस्थाहरू पनि कब्जा गरेको एउटा असाध्यै कटु यथार्थ थियो ,’ उनले भने ।

बैठकमा उनले प्रोफेसनलाइज गरेर एउटा विश्वस्तरीय क्यापिटल मार्केटको मापदण्डलाई पछ्याउने गरेर अघि बढ्ने बताए । ‘संस्थान र पुँजी बजारसम्बन्धी पनि धेरै रिफर्महरू गरिराखिएको छ । स्टक एक्सचेन्जको पुनः संरचनाको लागि गठन गरिएको एउटा समितिले जुन प्रतिवेदन दिएको छ, त्यसलाई हामी कार्यान्वयन गर्छौं ,’ उनले भने,‘ हिजो पनि स्टक मार्केट, पुँजी बजारबारे एकदमै उदार नीतिहरू घोषणा गरिएको छ राष्ट्रपतिमार्फत र यसलाई बजेटमा हामी थप आकार दिन्छौँ । यसलाई हामी प्रोफेसनलाइज गरेर एउटा विश्वस्तरीय क्यापिटल मार्केटको मापदण्डलाई पछ्याउने गरेर नै अगाडि जाने हो ।’

जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनैपर्ने भन्दै उनले त्यो हस्तक्षेप नभएको भए हामी साच्चिकै भड्खालोमा जाकिने क्रममा रहेछौँ र अहिले मुलुकले नयाँ कोर्समा गएको छ । सुशासनलाई हामीले ठूलो प्राथमिकताका साथ अगाडि बढाएको कारण र सम्माननीय प्रधानमन्त्रीज्यू त के भन्नुहुन्छ भने यो विकास निर्माण भन्या दोस्रो वर्षदेखि गरौँ, पहिलो वर्ष त सुशासन, सुशासन, सुशासन । त्यो जग बसालौँ, त्यसपछि त अरु त झन्डै–झन्डै स्वचालित ढंगले अगाडि बढिहाल्छ मन्त्री वाग्लेको भनाई छ ।

Leave Your Comment

Related News