CLI
Global College

शिवम् सिमेन्ट्सको नाफा ५४ प्रतिशतले बढ्यो, बिक्री आम्दानीमा भने गिरावट

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।

 समीक्षा अवधिमा कम्पनीको नाफा ५४.५९ प्रतिशतले बढेर ६१ करोड ९१ लाख ९२ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ५ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

नाफा बढे पनि कम्पनीको बिक्री आम्दानीमा भने केही गिरावट आएको छ। गत वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ३९ करोड रुपैयाँ रहेको आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४ अर्ब ९५ करोड ४७ लाख रुपैयाँमा खुम्चिएको छ।

बिक्री आम्दानी घटे पनि खर्चमा गरिएको  कटौतीका कारण कम्पनीको नाफा बढ्न पुगेको हो। कम्पनीको  कुल खर्ज ६५ करोड ४८ लाख बाट घटेर ५ अर्ब ४८ लाख रुपैयाँ पुगेको छ ।

 हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको। विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी  १८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०९.५८ रुपैयाँ रहेको छ ।

Leave Your Comment

Related News