CLI

लगानी समूहका कम्पनीको नाफा २ अर्ब ६१ करोड, एउटा भने घाटामा

काठमाडौं ।  नेप्सेमा सूचीकृत लगानी (इन्भेष्टमेन्ट) समूहका ७ वटा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२\८३ को तैस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ७ वटा कम्पनीहरुले ९ महिनामा २ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

रिपोर्ट अनुसार नागरिक लगानी कोषले सबैभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । यसले ९८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको वित्तीय रिपोर्ट सार्वजनिक गरेको हो। यो कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ अर्ब ६८ करोड १ लाख ९८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, यो कम्पनीको प्रतिसेयर आम्दानी १९.३२ रुपेयाँ र बुक भ्याल्यू २८६.३१ रुपैयाँ  रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आवको तेस्रो त्रैमाससम्ममा ६४ करोड ३३ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस बैंकको चुक्ता पुँजी २१ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख ३ हजार रुपैयाँ रहेको छ । त्यस्तै, यो कम्पनीको प्रतिसेयर आम्दानी ३.९७ रुपेयाँ र बुक भ्याल्यू ११५.८४ रुपैयाँ  रहेको छ ।

७ मध्ये हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को चुक्ता पुँजी धैरे रहेको छ । सो कम्पनीको  चुक्ता पुँजी २४ अर्ब ९२ कराड ८२ लाख ११ हजार रहेको छ ।  जगेडा कोषमा भने ३ अर्ब १४ करोड २२ लाख ८३ हजार रुपैयाँ रहेको छ । चालु आवमा कम्पनीले ५४ करोड ६९ लाख ८५ हजार खुद नाफा कमाएको छ । एचआइडीसीएलको प्रतिसेयर आम्दानी २.९३ रुपैयाँ छ ।

यता, ६ कम्पनी मात्र नाफामा रहेका छन् । एनआरएन इन्फ्रास्ट्रक्चर घाटामा छ  । रिपोर्ट अनुसार कम्पनी ७ करोड ४० लाख ७३ हजार घाटामा रहेको छ ।  कम्पनीको चुक्त पुँजी १ अर्ब ७९ कारोड ८१ लाख २१ हजार रुपेयाँ रहेको छ ।  जगेडा कोषमा भने १ अर्ब ३० करोड ३५ लाख रुपैयाँ रहेको छ । यस, कम्पनीको प्रतिसेयर आम्दानी ५.४९ रुपेयाँ ऋणात्मक र बुक भ्याल्यू १७२.४४ रुपैयाँ  रहेको छ ।

Leave Your Comment

Related News