CLI

एलएस होराइजन १२ को इकाई जेठ १३ गतेसम्म निष्कासनमा रहने

काठमाडौं । लक्ष्मी सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एलएस होराइजन १२ को इकाई जेठ १३ गतेसम्म निष्कासन हुने भएको छ । यस योजनाको १० करोड २० लाख इकाई वैशाख ३० गतेदेखि निष्कासन गरेको हो ।

यस योजनाका लागि कुल १२ लाख इकाई विक्री गर्न योजना व्यवस्थापकले अनुमति पाएको हो । कुल कित्ता इकाईमध्ये १ करोड ८० लाख इकाई भने कोष प्रबद्र्धक लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको हो ।

छिटोमा जेठ ४ गतेसम्म माग बमोजिम आवेदन प्राप्त नभएकाले ढिलोमा जेठ १३ गतेसम्म निष्कासन गर्न लागिएको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने यी इकाई खरीदका लागि १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ । यो योजना १२ वर्षे अवधिको बन्दमुखी प्रकृतिको हो ।

Leave Your Comment

Related News