काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडनै दोहोरिएको छ ।
वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख ३ गतेदेखि लागू हुने गरि आरविवि मर्चेन्टलाईनै शेयर रजिष्ट्रारको रुपमा पुनः नियुक्त गरेको जानकारी कम्पनीले दिएको छ ।
शेयर रजिष्ट्रारले कम्पनीको शेयर व्यवस्थापनका लागि सम्पूर्ण काम गर्नेछ ।


