काठमाडौं । नेपाल सरकार यातायात व्यवस्था कार्यालयले देशभर नयाँ सवारी साधन दर्तामा रोक लगाएको छ । विभागले हिजो जेठ ७, २०८३ मा आन्तरिक मामिला तथा कानून मनत्रालय, कोशी प्रदेश बिराटनगर लगायत प्रदेश मन्त्रालय र देशभरीका स्थानिय तह सहित सरोकारावााल निकायलाई परिपत्र गरेर सवारी साधन दर्तामा रोक लगाउन भनेको हो । बिभागले सार्वजनिक यायायातको वैज्ञानिक ब्यबस्थापन हुन नसकेको, अत्यात्धिक वायु प्रदुशण, सवारीको चाप बढेको ट्राफिक जाममा कठिनाई परेको इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी तथा यातायातमा परेको असहजता र कठिनाई संवोधन गर्न नया सवारीमा रोक लागाएको उल्लेख गरेको छ ।
कार्यालयका अनुसार सवारी साधनबाट निस्कने धुवाँ तथा आवाजका कारण वातावरणमा प्रत्यक्ष असर परिरहेको छ भने यसले जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारिरहेको छ। प्रदूषणका कारण श्वासप्रश्वास लगायत विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गर्दै कार्यालयले सवारी साधनको नियमित जाँच आवश्यक रहेको जनाएको छ।
सूचनामा “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९” को दफा २४ को उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारीको अवस्था तथा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राखेर सवारी परीक्षण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सम्बन्धित निकाय तथा कार्यालयलाई सवारी साधनको प्रदूषण परीक्षणलाई प्रभावकारी बनाउन निर्देशन दिइएको हो।
कार्यालयले विशेषगरी डिजेल तथा पेट्रोलबाट चल्ने सार्वजनिक र निजी सवारी साधनको नियमित प्रदूषण परीक्षण गर्न तथा तोकिएको मापदण्ड पूरा नगर्ने सवारीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। साथै सवारी चालक तथा धनीलाई पनि सवारीको प्राविधिक अवस्था समयमै परीक्षण गराई वातावरण संरक्षणमा सहयोग गर्न अनुरोध गरिएको छ।


