काठमाडौं । यस साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ । गत साता २७५८.४९ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८६ प्रतिशत अर्थात २३.६१ अंक बढेर २७८२.१० विन्दुमा बन्द भएको हो ।
यस साता तीन कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ३.६२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ५५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५८.३५ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ५७.२७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३१.१५ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४२ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।
१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत बढेको छ । गत साता १० हजार ७९१.२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २०१.३५ अंक बढेर १० हजार ९९२.६३ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सामान्य घटेको छ । गत साता २३९१.४७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ०.२६ प्रतिशत अर्थात ६.१२ अंक घटेर २३८५.३५ विन्दुमा झरेको छ।


