CLI

निफ्राको करिब ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले करिब ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकले सेयरधनी आइएमई लिमिटेडको स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

हाल निफ्राकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरीद गर्न सक्नेछन् । सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित बानेश्वरस्थित बैंकको कार्यालयको कानून विभागमा लिखित आवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले उल्लेख गरेको छ ।

Leave Your Comment

Related News