काठमाडौं । बिहीबार शेयर बजार घटेको छ । बिहीबार १३.४६ अंकले घटेर नेप्से परिसूचक २७६६.७८ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.६७ अंकले घटेर ४७३.७६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.६९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४८ अंकले घटेको हो ।
बिहीबार ३५३ वटा कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ४ अर्ब ७० करोड ३३ लाख २६ हजार पुगेको छ । जुन बुधबारको तेलनामा १ अर्ब ३ करोड ४७ लाखले कम हो । बुधबार ५ अर्ब ७३ करोड ८१ लाख कारोबार रकम रहेको थियो ।
यसदिन १३ उपसमूह मध्ये १ बढेको छ भने १२ घटेको छ ।
म्युअुचल फण्ड ०.०७ अंकले बढ्दा बैंकिङ ०.४८, विकास बैंक २६, वित्त ६, होटल र पर्यटन ८४, जलविद्युत २०, लगानी ०.४७, जीवन बीमा ५४, उत्पादन र प्रशोधन ६०, लघुवित्त ९, निर्जीवन बीमा १४०, व्यापार ६२ र अन्य समूह १६ अंकले अंकले घटेको हो ।
यसदिन ६३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउनेमा कालिन्चोक हाइड्रोपावर,डाङदी हाइड्रोपावर, एसबीआई बैंक डिबेन्चर बन्दा सर्वाधिक गुमाउनेमा सिद्धार्थ बैंक म्युअचल फण्ड,विजय लघुवित्त र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो ।


