काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एपोलो हाइद्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ। सोमबार नेप्सेमा कम्पनीको ४७ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख १० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख ९० हजार कित्ता गरी कुल ४७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ । नेप्सेले कम्पनीलाई ‘APHL’ सिम्बोल दिएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


