CLI

१६.४५ अंकले घट्यो,२ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार १६.४५ अंकले घटेर २६३२.९६ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ इन्डेक्स १.८४, फ्लोट इन्डेक्स १.०२, र सेन्सिटिभ फ्लोट इन्डेक्स ०.५८ अंकले घटेको छ ।

३५१ वटा कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर ४४  हजार ९४२ पटक खरिद बिक्रि हुँदा २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबै उप समूह  घटेका छन । बैंक ०.०९ प्रतिशत, विकास बैंक ०.७९, वित्तिय १.१३ , होटेल र पर्यटन १.१४, जलविद्युत ०.७२, लगानी ०.८१, जीवन बिमा ०.६९ ,  लघुवित्त १.१४ , म्युचुअल फन्ड ०.२४, निर्जीवन बिमा १.३९, भने  उत्पादन र प्रशोधन १.१४  अन्य समुह ०.५१, व्यापार समूह ०.३२ प्रतिशतले घटेको छ ।

यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको को सेयर १५ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १३ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोड ८३ लाख ६२ हजार रुपैयाँबराबरको सेयर कारोबार  भएको छ। त्यस्तै, यस दिन सोपान फर्मास्यूटिकल्सको करिब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News