काठमाडौं । ताराखोला जलबिधुत लिमिटेडको शेयर बिक्रिमा रहेको छ । कम्पनीको १७ लाख ३ हजार ६ सय ६९ कित्ता शेयर बिक्रिमा राखेको हो । बिक्रिमा रहेको शेयरको मूल्य प्रति शेयर १ सय रुपैया रहेको छ । शेयर खरिद गर्न चाहने आवेदकले ३ हजार कित्ता शेयको लागि आवेदन दिन सक्नेछन् । आवेदन शुल्क २ सय निर्धारण गरिएको छ । शेयर खरिद गर्न चाहने आबेदकले ताराखोला जलविधुत लिमिटेडको कार्यालय ताराखोला गा. पा ५ करिमेला बाघ्लुङ ५ मा रहेको कम्पनीको बैंक खाताम रकम जम्मा गर्नु पर्नेछ । आवेदकले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नम्वर, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
आबेदकले आवेदन दिँदा तोकिएको कागजात अपुघ भएमा स्वत आबेदन रद्द हुने उल्लेख गरेको छ ।


