काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा हाइड्रो लिमिटेडको १ करोड ४० लाख सेयर सूचीकृत भएको छ । सर्वसाधारण शेयरधनीबाट ४९ लाख (३५%) कित्ता र संस्थापक शेयरधनीहरुबाट ९१ लाख (६५%) कित्ता शेयर सुचिकृत भएको हो ।
कालंगा हाइड्रो लिमिटेडको चुक्ता मूल्य रु.१०० कायम भएको १,४०,००,००० कित्ता साधारण शेयर
सूचीकरण गरिएको हो ।
कम्पनीको प्रति कित्ता शेयर मूल्य रु १०० कायम भएको छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि रु ९८.५६ देखि रु २९५.६८ को रेन्ज प्रदान गरेको छ ।
कम्पानीले सर्वसाधारणलाई लक्ष्मी सनराइज क्यापिटल लिमिटेड मार्फत शेयर बिक्रि खुला गरेको छ ।कम्पनीको दोस्रो बजार कारोबार बिहीबारबाट हुने छ ।



