RE
Global College

विष्णु पौडेललाई ६ दिन हिरासतमा राखि अनुसन्धान गर्न आदेश

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी विष्णु प्रसाद पौडेलको म्याद थप गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रयोजनका लागि म्याद थपको माग गर्दै विशेष अदालतमा उपस्थित गराएकोमा अदालतले बिहीबार तेस्रो पटक ६ दिन म्याद थप गर्ने आदेश दिएको हो।

विशेष अदालतका सदस्य न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको अदालतले जनाएको छ।

अदालतको आदेशअनुसार आरोपी पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

NECO

Leave Your Comment

Related News