CLI

२६५३ मा झर्यो नेप्से, करिब साढे ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार शेयर बजार घटेको छ । शुक्रबार८.३० अंकले घटेर नेप्से परिसूचक २६५३.४० विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.६५ अंकले घटेर ४५९.८१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.६४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९० अंकले घटेको हो ।

शुक्रबार ३४५ वटा कम्पनीको ४६ हजार २३४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ४१ करोड २३ लाख पुग्यो । जुन बिहीबारको तुलनामा २९ करोड ४६ लाखले बढी हो । बिहीबार कारोबार रकम ४ अर्ब ११ करोड ७७ लाख रहेको थियो ।

यसदिन १३ उपसमूह मध्ये ५ बढेको छ भने ८ घटेको छ । विकास बैंक १, वित्त २६, जलविद्युत ६, उत्पादन ७ र अन्य सूमह १७ अंकले बढ्दा बैंकिङ १४, होटल र पर्यटन २८, लगानी ०.६१, जीवन बीमा ८७, उत्पादन र प्रशोधन ४७, म्युअुचल फण्ड ०.०४, निर्जीवन बीमा ३ र अन्य समूह पनि ३ अंकले घटेको छ।

शुक्रबार १०३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउनेमा सानिगाड हाइड्रो, स्नो रिभर लिमिटेड रहे भने सर्वाधिक गुमाउनेमा अप्पर लोहोरा खोला जलविद्युत कम्पनी, धौवलागिरी लदुवित्त वित्तीय संस्था र क्रेष्ट माइक्रोफाइनान्स रह्यो ।

Leave Your Comment

Related News