CLI

पल्लभी लुब्रिकेन्ट्सको ८ लाख कित्ता माथि शेयर बिक्रिमा

काठमाडौं । पल्लभी लुब्रिकेन्ट्स लिमिटेडको ८ लाख ४६ हजार ८ सय ३० कित्ता संस्थापक शेयर  बिक्रिमा रहेको छ ।  कम्पनीका हाल कायम शेयरधनी मध्ये इम्पिरियल इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको  २ लाख ८२ हजार १ सय ८० कित्ता प्रभाकर वियानीको नाममा रहेको १५ हजार कित्ता – सबिन श्रेष्ठको नामाम रहेको १ हजार कित्ता सिक्मा क्यापिटल प्रा.लिको नाममा रहेको ५ लाख  ४८ हजार ६ सय ५० कित्ता शेयर बिक्रिमा रहेको हो ।

बिक्रिमा रहेको संस्थापक शेयरको मूल्य प्रतिशेयर  १ सय २५ रुपैँया तोकिएको छ ।

बिक्रिमा रहेको शेयर खरिद गर्ने  पहिलो प्राथमिकता बहालवाला (विद्यमान) शेयरधनीको हुने भएकाले । उक्त शेयर खरिद गर्न इच्छुक बहालवाला शेयरधनीहरूले आजको   ७ (सात) दिनभित्र कम्पनीमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ।

तोकिएको समयसीमा भित्र विद्यमान शेयरधनीहरूबाट खरिदका लागि आवेदन नआएमा, शेयरहरू नयाँ लगानीकर्ताहरूलाई बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ ।

 

Leave Your Comment

Related News