काठमाडौं । सोमबार नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३५६ वटा कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । ज शुक्रबारको तुलनामा कारोबार रकम घटेको छ । शुक्रबार कारोबार रकम ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँ थियो ।
त्यसतै, सेन्सेटिभ इन्डेक्स ०.७६ प्रतिशतले घटेर ४५६.२७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.९५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.८६ प्रतिशतले घटेको छ ।
यस दिन १३ उपसमूह घटेको छ। बैंक समूह १.०६ प्रतिशत, विकास बैंक ०.३०, वित्तिय १.२४, होटेल र पर्यटन ०.७८ , जलविद्युत ०.९८, जीवन बिमा ०.६९, लगानी०.७२, उत्पादन र प्रशोधन १.१७, लघुवित्त ०.८९, म्युचुअल फन्ड ०.३५, निर्जीवन बिमा ०.९८, र अन्य उपसमुह ०.५२ र व्यापार ३.३५ प्रतिशतले घटेका छन।
यस दिन ३ स्टकको सेयर १५ प्रतिशतले बढेको छ । स्नो रिभर्स, सानिगाड हाइड्रो र कालंगा हाइड्रो १५ प्रतिशतले बढेका छन् । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ११ प्रतिशत बढेको छ।
यी दुबै कम्पनीहरुको गत शुक्रबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका हुन्।
कारोबार रकमका आधारमा यस दिन सोपान फर्मास्यूटिकल्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ३० करोड रुपैयाँ नाघेको छ भने करिब २९ करोड रुपैयाँको १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ पहिलो स्थानमा रहेको छ। ५३ करोड ९४ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको साढे १५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब १३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।


