काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे पछि बुधबार शेयर बजार घटेको छ । बुधबार ३०.०९ अंकले घटेर २६२१.५९ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ३.९३ अंकले घटेर ४५६.६८ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स२.०६ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.४२ अंकले घटेको हो ।
बुधबार ३६२ वटा कम्पनीको ८४ लाख ६३ हजार १५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ८२ करोड ६० लाख पुगेको छ । जुन मंगलबारको तुलनामा ४२ करोड ५३ लाखले बढी हो । मंगलबार ४ अर्ब ४० करोड ७ लाख बराबर कारोबार भएको थियो ।
यसदिन १३ उपसमूह मध्ये १ वटा बढ्दा १२ वटा घटेको छ । म्युअुचल फण्ड ०.०२ अंकले बढ्दा बैंकिङ १७, विकास बैंक ८३, वित्त ३५,होटल र पर्यटन ९५, जलविद्युत ६८, लगानी ०.३७, जीवन बीमा १०२, उत्पादन र प्रशोधन ११९, लघुवित्त ३८, निर्जीवन बीमा ११६, व्यापार ७ र अन्य समूह पनि २२ अंकले घटेको छ ।
बधुबार २५ वटा कम्पनीको शेयर मूल्य बढ्दा २४७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बुधबार सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ५२ प्रतिशतका दरले कमाएका हुन् । प्रभु बैंक डिबेञ्चरका इकाईधनीले ४ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभर्सका लगानीकर्ताले ४ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।
बुधबार सबैभन्दा धेरै कर्पोरेड डेभपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव ४१ प्रतिशतका दरले गुमाएका हुन् ।


