काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हालका सीईओ नरेन्द्र सिंह विष्ट नै दोहोरिएका छन्।
विष्टको कार्यकाल आउँदो साउन ८ गते पूरा हुने भएकाले आज असार ३१ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले विष्टलाई नै ४ वर्षे दोस्रो कार्यकाल आउँदो साउन ९ गतेदेखि २०८७ साउन ८ गतेसम्मका लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो।


