RE
Global College

नेरुडे मिर्मिरे लघुवित्तको १९औँ वार्षिक साधारण सभा स्थगित

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १९औँ वार्षिक साधारण सभा आवश्यक गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको छ।

संस्थाले विभिन्न प्रस्ताव पारित गर्ने उद्देश्यले असार ३२ गते वार्षिक साधारण सभा आह्वान गरेको थियो। तर, कम्पनी ऐन, २०६३ को दफा ६७ तथा संस्थाको प्रबन्धपत्र र नियमावलीबमोजिम आवश्यक गणपूरक संख्या उपस्थित नभएकाले सभा स्थगित गर्नुपरेको संस्थाले जनाएको छ।

यसैबीच, सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले स्थगित सभा साउन १० गते बिहान ११ बजे भक्तपुरको मध्यपुर थिमी–३, कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा पुनः आयोजना गर्ने निर्णय गरेको छ।

संस्थाका अनुसार पुनः बस्ने सभामा यसअघि प्रस्ताव गरिएका सबै एजेन्डा यथावत् प्रस्तुत गरिनेछन्। साथै, असार ३२ गतेका लागि विधिवत् दर्ता भएका प्रतिनिधिहरूलाई पुनः बस्ने साधारण सभामा स्वतः मान्यता दिइनेछ।

NECO

Leave Your Comment

Related News