RE
Global College

७.२५ अंकले बढ्यो नेप्से, करोबार पनि वृद्धि

काठमाडौं । मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३४३ वटा कम्पनीको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम १ अर्ब १५ करोड ८७ लाख रुपेयाँले बढेको छ । सोमबार कारोबार रकम ५ अर्ब ५१ करोड २३ लाख रुपैयाँ थियो ।

त्यसतै,  सेन्सेटिभ इन्डेक्स ०.०३ अंकले घटेर ४७२.४२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.१० अंकले बढेको छ । सेन्सेटिभ फोल्ट इन्डेक्स भने सिथर रहेको छ  ।

यस दिन ७ उप समूह बढेका छन् भने ६ उप समुह घटेको छ । बैंकिङ ०.०९, लगानी ०.४९, , उत्पादन र प्रशोधन ०.६४, अन्य समूह १.२० र व्यापार समूह २.८८ प्रतिशतले बढेका छन्। विकास बैंक ०.४० प्रतिशत,वित्त ०.६२, होटल्स तथा पर्यटन समूह ०.२३, जलविद्युत ०.०५, जीवन बीमा ०.१७, लघुवित्त ०.०२, ,निर्जीवन बीमा ०.१४, म्युअुचल फण्ड ०.७१ प्रतिशतले घटेका छन् ।

NECO

Leave Your Comment

Related News