CLI

३३ अंकले घट्यो नेप्से, सबैभन्दा उच्च अंकले उत्पादन र प्रशोधन समूह घट्यो

काठमाडौं । बिहीबार बढेको शेयर बजार सोमबार घटेको छ । सोमबार ३३ .२८ अंकले घटेर २७०१.३२  विन्दुमा पुगेर बन्द भएको छ ।
बिहीबार अन्तिम समयमा आएर नेपाल स्टक एक्सचेञ्ज नेप्से १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेर बन्द भएको हो ।

सोमबार सेन्सेटिभ इन्डेक्स ३.०३ अंकले घटेर ४७०.४३ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स २.३० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.०६ अंकले घटेको हो ।

सोमबार ३५९ वटा कम्पनीको १ करोड ३९ लाख १३ हजार ७७० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७ करोड १८ लाख पुगेको छ । जुन बिहीबारको तुलनामा १ अर्ब ३७ करोड ८४ लाखले बढी हो ।
बिहीबार ३३८ वटा कम्पनीको १ करोड ७७ हजार २२२ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ६९ करोड ३४ लाख पुगेको थियो ।

यसदिन २ वटा उपसमूह बढ्दा ११ वटा उपसमूह सबै घटेको छ । बैंकिङ २ र म्युअुचल फण्ड ०.०३ अंकले बढ्दा विकास बैंक १०७, वित्त १७,होटल र पर्यटन १६८ , जलविद्युत ७३, लगानी ०.७१, जीवन बीमा १५५, उत्पादन र प्रशोधन २५५, लघुवित्त ६०, निर्जीवन बीमा १३४ , व्यापार ७७ र अन्य समूह ३४ अंकले घटेको हो ।
यसदिन ३५ वटा कम्पनीको शेयर मूल्य बढ्दा २३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यसदिन सर्वाधिक कमाउनेमा एभरेष्ट कलर, गरिमा समृद्धि योजना रह्यो भने सर्वाधिक गुमाउनेमा आत्मानिर्भर लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक रह्यो ।
एभरेष्ट कलरको १५ प्रतिशत, गरिमा समृद्धि योजनाको ५ प्रतिशतले शेयर मूल्य बढेको हो भने सर्वाधिक गुमाउनेमा आत्मानिर्भर लघुवित्तको १३ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको १० प्रतिशतले शेयर मूल्य घटेको हो ।

Leave Your Comment

Related News