RE
Global College

एनआईसी एसिया बैंक र चन्द्रगिरी हिल्सले हकप्रद शेयर जारी गर्ने, सेबोनसँग मागे अनुमति

काठमाडौं । एनआईसी एसिया बैंक र चन्द्रगिरी हिल्सले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।

एनआईसी एसिया बैंक र चन्द्रगिरी हिल्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेका हुन्। सेबोनको अनुमतिपछि यी दुवै हकप्रद शेयर जारी गर्नेछन्।

एनआईसी एसिया बैंकले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी सेबोनसँग अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद जारी गर्नेछ।

एनआईसी एसिया बैंकको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईएमी एस क्यापिटल रहेको छ।

यसैगरी चन्द्रागिरी हिल्सले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्न सेबोनसँग अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६१ लाख ७ हजार ९५५ कित्ता शेयर निष्कासन गर्नेछ।

चन्द्रागिरी हिल्सको हकप्रद शेयर बिक्री प्रबन्धमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

NECO

Leave Your Comment

Related News