CLI

नीड होल्डिङ्गस् लिमिटेडको पहिलो वार्षिक साधारणसभा भदौ ५ गते हुने

काठमाडौं । नीड होल्डिङ्गस् लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभा आगामी भदौ ५ गते शुक्रबार आयोजना गर्ने भएको छ।

कम्पनीको सञ्चालक समितिको २०८३ साउन १२ गते बिहान ९ बजे बसेको छैटौं बैठकले वार्षिक साधारणसभा भदौ ५ गते काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा आयोजना गर्ने निर्णय गरेको हो। कम्पनीले तोकिएको मिति, समय र स्थानमा उपस्थित भई साधारणसभामा सहभागी हुन सम्पूर्ण शेयरधनीलाई अनुरोध गरेको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने र नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

 

Leave Your Comment

Related News