CLI
Global College

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । नेप्से परिसूचक ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५२ वटा कम्पनीको १ करोड ९ लाख ५६ हजार कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा कारोबार रकम १० करोड ५२ लाख रुपैयाँले  घटेको हो । शुक्रबार कारोबार रकम ४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ थियो।

सेन्सेटिभ इन्डेक्स २.२० अंकले घटेर ४६१.३६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.६१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७२ अंकले घटेको छ ।‍

यस दिन ९ उप समूह घटेका छन् भने ४ उप समुह बढेको छ । बैंकिङ ०.७२ प्रतिशत, विकास बैंक ०.१२,वित्त ०.४१, होटल्स तथा पर्यटन समूह ०.७०, लगानी ०.६०, जीवन बीमा ०.६२, म्युअुचल फण्ड ०.४८, अन्य समूह ०.४४ र व्यापार समूह ०.८६ प्रतिशतले घटेका छन् । जलविद्युत ०.०६, उत्पादन र प्रशोधन ०.०४,लघुवित्त ०.१९ र निर्जीवन बीमा ०.०४ प्रतिशतले बढेका छन्।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.४७ प्रतिशत बढेको छ। त्यस्तै, दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने बाँकी स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ कराड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर कम्पनीको २९ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कारोबार रकम १२ करोड ४५ लाख रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News