काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै एसेम्बल भएको ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नयाँ भेन्युमा आकर्षक डिजाइन, आधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा सुरक्षा सुविधालाई प्राथमिकता दिइएको छ। नेपालमै एसेम्बल भएको भेन्युले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
भेन्युमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प र ६ वटा एयरब्याग लगायतका सुरक्षा तथा डिजाइनसम्बन्धी विशेषता छन्। यो १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। दुवै इन्जिनले इन्धन दक्षता, सहज ड्राइभिङ र राम्रो प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ।
त्यस्तै, भेन्यु एन लाइन लाई भेन्युको स्पोर्टी संस्करणका रूपमा प्रस्तुत गरिएको छ। यसमा एन–ब्रान्डेड सिट, एन–ब्रान्डेड एलोय ह्वील, सिग्नेचर रेड हाइलाइटसहितको बडी–कलर क्ल्याडिङ तथा एन लाइनका विशिष्ट स्टाइलिङ एलिमेन्टहरू समावेश छन्।
कम्पनीका अनुसार नेपालमै एसेम्बल भएको भेन्युको शुरुआती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, भेन्यु एन लाइनको शुरुआती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको छ।
नेपालमा एसेम्बल भएका ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन देशभर रहेका ह्युन्डाईका आधिकारिक सोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

त्यस्तै, भेन्यु एन लाइनले भेन्युको लाइनअपमा थप स्पोर्टी र विशिष्ट शैली प्रस्तुत गर्दछ। यसमा एन–ब्रान्डेड सिट, एन–ब्रान्डेड एलोय ह्वील, सिग्नेचर रातो हाइलाइटसहितको बडी–कलर क्ल्याडिङ तथा विशिष्ट एन लाइन स्टाइलिङ एलिमेन्टहरू रहेका छन्। यसको स्पोर्टी डिजाइनले भेन्युमा उपलब्ध प्रविधि, आराम र व्यावहारिकतालाई कायम राख्दै थप गतिशील ड्राइभिङ अनुभव प्रदान गर्छ।
नेपालमै निर्मित ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन नेपालभर रहेका ह्युन्डाईका शोरुमहरूमा उपलब्ध छन्। ग्राहकहरूले आफूलाई पायक पर्ने ह्युन्डाई शोरुममा गई नयाँ लाइनअपबारे थप जानकारी लिनुका साथै नयाँ भेन्युको डिजाइन, प्रविधि र ड्राइभिङ अनुभव प्रत्यक्ष रूपमा लिन सक्नेछन्।


